समाज

नेपाल-अमेरिका मिडिया सहकार्यले सम्बन्धमा नयाँ अध्याय: राजदूत थम्प्सन

तस्बिर: विजय राई/नागरिक

नेपालका लागि अमेरिकन राजदूत डिन आर. थम्प्सनले नेपाल रिपब्लिक मिडिया (एनआरएम) र द न्युयोर्क टाइम्सबीचको सहकार्यले अमेरिका र नेपालबीचको सम्बन्धलाई थप बलियो बनाउने बताएका छन्।

उनले उक्त सहकार्य प्रशंसनीय भएको बताउँदै यसले गुणस्तरीय पत्रकारिताको स्तर उकास्ने विश्वास व्यक्त गरे।

राजदूत थम्प्सनले नेपालमा डिजिटल मिडियाको आवश्यकता रहेको औंल्याउँदै यस सहकार्यले दुवै देशका पाठकहरुलाई विश्वका उच्चस्तरीय समाचार सामग्रीमा पहुँच दिने उल्लेख गरे।

"नेपालमा पत्रकारिताको विकासका लागि अमेरिकन दूतावासले नेपालका सञ्चार माध्यमहरूसँग मिलेर काम गरिरहेको छ, जसमा निजी र सार्वजनिक सहकार्य अपरिहार्य छ," उनले बताए।

बुधबार आयोजित एक कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, नेपाल रिपब्लिक मिडियाका अध्यक्ष विनोदराज ज्ञवाली, र न्युयोर्क टाइम्सका अध्यक्ष स्टेफन डन्बर जोन्सले संयुक्त रूपमा नेपालमा न्युयोर्क टाइम्सको डिजिटल सब्सक्रिप्सनको सुरुवात गरेका थिए।

राजदूत थम्प्सनले समाचारमा देखिने भ्रम चिर्न र नागरिकलाई सत्य र निष्पक्ष जानकारी पुर्‍याउन गुणस्तरीय पत्रकारिता आवश्यक रहेको पनि स्पष्ट पारे।

प्रकाशित: ३० आश्विन २०८१ १७:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App