समाज

हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

इलामको चुलाचुली गाउँपालिका–२ मा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ।

हात्ती खेदाउन जाँदा चुलाचुली १ का ७३ वर्षे राजकुमार राईको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी प्रभुप्रसाद ढकालले बताए।

सोमवार साँझ साढे ७ बजेतिर हात्तीको आक्रमणमा परी गम्भीर घाइते भएका राईको गएराति साढे १० बजेतिर मृत्यु भएको ढकालको भनाइ छ।

घर वडा नम्बर १ मा भएपनि राई वडा नम्बर २ को निगुरेमा खेतीपाती गरेर बस्दै आएका थिए।

चुलाचुली गाउँपालिका इलामको चुरे क्षेत्रमा पर्छ। चुलाचुली, महमाई, दानबारीलगायत गाउँमा बर्सेनि हात्तीले स्थानीयलाई दुःख दिनेगरेको छ। 

प्रकाशित: २९ आश्विन २०८१ ०८:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App