समाज

बीपी राजमार्गमा अब ठुला गाडी पनि चल्ने

बीपी राजमार्गमा अब ठुला गाडीहरू समेत चल्ने भएका छन्।

सडक डिभिजन भक्तपुरले सोमबार बेलुकादेखि बीपी राजमार्गमा ठुला गाडीहरू चल्ने जानकारी दिएको हो।

ठुला सवारीसाधन पास हुन अवरोध हुँदै आएको चौकीडाँडा र माम्ती खोला नजिकको डाइभर्सन आज साँझसम्म सुधार भइसक्ने र त्यसपछि सो सडकमा सञ्चालन अनुमति प्राप्त गरेका सबै प्रकारका सवारीसाधन सञ्चालन हुन सक्ने डिभिजनले जनाएको छ।  

वर्षासँगैको पहिरोका कारण क्षतिग्रस्त राजमार्गमा नयाँ ट्र्याक खुलाएर केही दिन अघिदेखि साना सवारीसाधन चल्न दिइएको थियो ।

प्रकाशित: २८ आश्विन २०८१ १२:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App