समाज

पहाडी केही भेगमा वर्षाको सम्भावना,अधिकांश क्षेत्रमा पश्चिमी वायुको प्रभाव

पश्चिमी वायुको प्रभावका कारण मुलुकका केही स्थानमा वर्षाको सम्भावना छ। लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य रहेको छ भने कोशी प्रदेश, मधेस, वागमती र गण्डकीमा आंशिक प्रभाव परेको छ।

स्थानीय वायुको पनि आंशिक प्रभाव रहेकाले ती स्थानमा बदली र वर्षाको सम्भावना रहेकोे जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले जारी गरेको बुलेटिनका अनुसार अहिले कोशी, वागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारण बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा हल्कादेखि मध्यम बदली भएको छ।

आज दिउँसो कोशी, वागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।

तीनवटै प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ।रातिको समयमा पनि कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

भोलि (सोमबार)पनि कोशी , वागमती र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली हुनेछ भने वागमती र गण्डकीका  पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको अनुमान छ।  

प्रकाशित: २७ आश्विन २०८१ ०६:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App