समाज

डढेल्धुरामा टीकाकै दिन बाेरामा भेटियाे एक किशोरीको शव

दसैंको टीकाको दिन डडेल्धुरामा एक १४ वर्षिया किशोरीको शव भेटिएको छ। अमरगढी नगरपालिका ७ पोखरा बजारमा १४ वर्षीया आरती भट्टराईको शव भेटिएको हो।

स्थानीय किशोरीको शव पलास्टिकको बोरामा बाधेर नालीमा फ्यालेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। बलात्कारपछि हत्या गरेर किशोरीको शव फ्याँकिएको आशंका गरिएको छ।

स्थानीयका अनुसार राति मोटरसाइकलमा आएका व्यक्तिले शव फ्याँकेर भागेको बताएका छन्। शव भेटिएको स्थान नजिकै अमरगढी ७ पोखराका ५८ वर्षीय टेक भण्डारीको म १ प १४५४ नम्बरको मोटरसाइकल भेटिएको छ।

सोही मोटरसाइकलका आधारमा घटनामा भण्डारीको संलग्नता हुनसक्ने भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ।

प्रहरीले अनुसन्धानपछि मात्रै घटनाबारे यकिन हुने बताएको छ। प्रहरीले आरतीको शरीरमा कुनै चोटपटक नदेखिएको बताएको छ। किशोरीको शव पोष्टमार्टमका लागि डडेल्धुरा अस्पताल पठाइएको छ।  

प्रकाशित: २६ आश्विन २०८१ १२:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App