समाज

दसैं मान्न घर गएकाहरू बीपी राजमार्गबाटै काठमाडौं फर्किन पाउँछन्: मन्त्री दाहाल

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देबेन्द्र दाहालले बीपी राजमार्गलाई चाँडो पुननिर्माण गरेर सञ्चालनमा ल्याइने बताएका छन्।

बाढीपहिरोले वीपी राजमार्गको १२ किलोमिटरभन्दा धेरै भाग बगाएपछि पुननिर्माणको काम भइरहेको छ।दसैं मनाउन गृह जिल्ला झापा पुगेका मन्त्री दाहालले दसैं मानेर काठमाडौं फर्किने बेलासम्ममा बीपी राजमार्गलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने गरी काम भइरहेका बताए।

बीपी राजमार्ग काठमाडौंलाई पूर्वी नेपालसँग जोड्ने छोटो राजमार्गका रूपमा प्रयोग गरिंदै आइएको छ।

राजमार्गका धेरै भत्किएका र बगाएका खण्डहरू सञ्चालनमा आइसकेको भन्दै उनले दसैंको समयमा पनि सडक पुनः निर्माणको काम नरोकिएको बताए।

दसैं मनाउन पूर्वी नेपाल पुगेका सर्वसाधारण फर्किदा बीपी राजमार्ग भएर जान सक्ने अवस्था सिर्जना गर्न सरकार  लागिपरेको दाहालले बताए। आंशिक रूपमा सडक सञ्चालनमा आइसकेको भन्दै उनले पूर्ण रूपमा सञ्चालनमा ल्याउन राज्यका सबै शक्ति र स्राेतको प्रयोग भइरहेको बताए। 

प्रकाशित: २६ आश्विन २०८१ १०:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App