समाज

राहत पुनर्निर्माण कोष स्थापना गर्न माओवादीको माग

नेकपा माओवादी केन्द्र कोसी प्रदेश संसदीय दलले राहत तथा पुनः निर्माण कोष स्थापना गर्न माग गरेको छ।

माओवादी कोसी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो नेतृत्वको टोलीले सोमबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरेको हो।

बाढी पहिरोबाट प्रदेशमा ठुलो क्षति भएकोले सरकारको नियमित बजेटबाट राहत, पुनर्स्थापना र पुनः निर्माण सम्भव नभएको निष्कर्षसहित माओवादीले छुट्टै कोष बनाउन माग गरेको हो।

‘बाढी पहिरोबाट प्रदेशमा ठुलो क्षति भएकोले राहत, पुनर्स्थापना र पुनः निर्माण सरकारको नियमित बजेटबाट सम्भव हुने नदेखिएकोले सङ्घीय सरकार, विकास साझेदार दातृ निकायहरू तथा निजी क्षेत्रसमेतको सहयोग जुटाउने गरि ‘राहत एवं पुनः निर्माण कोष’ स्थापना गरियोस्,’ ज्ञापन पत्रमा उल्लेख छ।

बेपत्ताहरूको खोजी, उद्धार र घाइतेहरूको निःशुल्क तथा प्रभावकारी उपचार गर्न, राहत वितरणको झन्झटिलो प्रक्रियालाई छोट्टाएर स्थानीय तहसँग समन्वय गरी पीडितलाई दसैंअघि नै राहत दिन पनि माओवादीले माग गरेको छ।

प्रकाशित: २१ आश्विन २०८१ १९:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App