समाज

गोविन्दे हात्तिको आक्रमणबाट एक माउतेको मृत्यु

चितवन राष्ट्रिय निकुञ्जको हात्तीको आक्रमणबाट एकजना माउतेको मृत्यु भएको छ।

पसलबाट सामान लिएर सौराहा स्थित खोरसोरमा जाने क्रममा बिहीवार साँझ करिब सात बजेतिर गोविन्दे हात्तिको आक्रमणबाट हरिपुर नगरपालिका ६ सर्लाहीका ३४ वर्षिय जग्दु सिंहको मृत्यु भएको हो।

‘बाहिरबाट सामान किनेर दुईजना खोरसोर नजिकको पुल क्रस गरेर आउँदै हुनुहुँदो रैछ। सिमलको रुखमा लकेर बसेको गोविन्दे हात्तीले आक्रमण गर्दा साँझ सात बजे एक जना कर्मचारीको मत्यु भयो’ निकुञ्जका प्रमुख डिलबहादुर पुर्जा पुन मगरले भने।

उनी पछुवा पदमा कार्यरत थिए। पछिल्लो समय सिंह कतार पठाउन लागेको हात्ती खगेन्द्रप्रसादको रेखदेखमा खटिँदै आएको उनले बताए। अर्का एकजना भने भागेर बाच्न सफल भएको उनले जानकारी दिए।

गोविन्दे जंगली हात्ती हो। पोथी हात्तिको खोजिमा सौराहाको खोरसोरमा आउने गर्दछ। यसअघि झयाप्ले खोलाको पहिरोमा परेर निकुञ्जमा स्काउटपदमा कार्यरत तेज बहादुर विष्टको मृत्यु भएको थियो।

प्रकाशित: १८ आश्विन २०८१ ०७:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App