समाज

प्रसाईंलाई थुनामुक्त गर्ने अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्तको आदेश दिन सर्वोच्च अदालतले इन्कार गरेको छ।

साइबर क्राइमको अभियोगमा पक्राउ परेका प्रसाईंलाई थुनामुक्तको आदेश माग्दै उनका छोरा निराजन प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले थुनामुक्त गर्ने आदेश दिन अस्वीकार गरेको हो।

मंगलबार निराजनको रिट न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा परेको थियो। इजलासले सरकारसँग प्रसाईं पक्राउ पर्नुमा कारण देखाऊ आदेश भने जारी गरेको छ।

प्रसाईं रास्वपा नेतृ ज्वाला संग्रौलाको जाहेरी दरखास्तको आधारमा पक्राउ परेका थिए। 

प्रकाशित: ८ आश्विन २०८१ १४:१० मंगलबार

#Durga Prasai