समाज

कर्णाली राजमार्ग सञ्चालनमा आएसँगै स्याउ किसानलाई राहत

पहिरोका कारण अवरुद्ध कर्णाली राजमार्ग पाँच दिनपछि सञ्चालनमा आएसँगै बाटोमा रोकिएका स्याउ बोकेका ट्रक गन्तव्यतिर लागेका छन्। 

कर्णाली राजमार्गको दहीखोला, गगनेखोला र मेयरखोलामा गएको पहिरोका कारण अवरुद्ध राजमार्ग खुलेसँगै जुम्लादेखि स्याउ बोकेका ट्रकअघि बढेका छन्।

राजमार्गको कालीकोटखण्ड आइतबार बिहानै खुले पनि दैलेख खण्डको पहिरो पन्छाउने काम अबेरसम्म भएको थियो। सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख इन्जिनियर चेतनकुमार मण्डलले सडक राजमार्ग अवरुद्ध हुँदा रोकिएका सवारी साधनहरु गन्तब्यतिर लागेको बताए। 

जिल्ला विपत व्यवस्थापन समितिको वैठकमा सड्क डिभिजन कार्यालयले सड्कमा भएका प्रगति प्रतिवेदन प्रस्तुत गरेको छ, प्रमुख मण्डलले जुम्लाले लगातार ४ वटा ह्याभी ईक्यूमेन्ट प्रयोग गरिरहेको भएपनि अझ बढि अवस्था असहज भए अन्य साधन थप्नुपर्ने अवस्था रहेको बताए।

यता जिल्ला कृषि विकास कार्यालय जुम्लाका अनुसार जुम्लाबाट स्याउ बोकेका ६५ वटा ट्रक बाटोमा रोकिएका थिए। ५ दिनदेखि झण्डै आठ करोडको स्याउ सडकमै अड्किएको कार्यालय प्रमुख बालकराम देवकोटाले बताए।

प्रमुख देवकोटका अनुसार यो सिजनमा जुम्लाबाट ९ हजार मेट्रिकटन स्याउ जिल्ला बाहिर निर्यात भइसकेको छ। जिल्लामा यो वर्ष १५ हजार मेट्रिकटन स्याउ उत्पादन हुने अनुमान छ। उनले स्याउ बोकेका ट्रकलाई प्राथमिकतामा राखेर सञ्चालन गराउन आग्रह गरिएको बताए।

जिल्ला विपद् व्यवस्थापन समिति पहिरोले राजमार्गमा रोकिएका कारण कुहिएर स्याउमा हुने क्षतिको एकिन गर्ने भएको छ।समितिको बैठकले जुम्ला–सुर्खेत सडक मार्गमा अलपत्र परेका मालबाहक ट्रकका स्याउ के कति क्षति भएको छ।

यकिन गर्ने र क्षति भएका स्याउको सम्बोधनका लागि कृषि विकास कार्यालय जुम्लाले अनुगमन गरी सुझावसहितको प्रतिवेदन पेश गर्ने निर्णय भएको जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले बताए।

कर्णाली राजमार्ग पूर्ण रुपमा खुलाउन तथा आवश्यक बजेटको माग गर्ने, राजमार्ग पूर्ण रुपमा खुलाउन तथा आवश्यक बजेटको माग गर्ने निर्णय र राजमार्गमा ठूलठूला ढुंगा खसेकाले व्लाष्टिङ गर्न नेपाली सेनासँग समन्वय गरि निकायलाई पहल गर्ने निर्णय गरिएको छ।

कर्णाली राजमार्ग तथा नाग्म गमगडि राजमार्गका लागि विशेष बजेटका लागि सरकारको ध्यान आकर्षण समेत हुदै आएको छ। एकतर्फि गाडि पास गर्न लागि बाटो खुलेपनि सड्क दिर्घकालिन मर्मत तथा स्तरबृद्धि गर्न आवश्यक छ।

प्रकाशित: १७ भाद्र २०८१ १२:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App