समाज

हतियारसहित एक पक्राउ

रौतहट  – रौतहट प्रहरीले अबैध हतियारसहित एक जनालाई पक्राउ गरेको छ । स्थानीय गौर नगरपालिका वडा नम्बर ४ टिकुलिया टोलका ५० बर्षिय जोगेन्द्र सहनीलाई अवैध हतियारसहित प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय गौरबाट प्रहरी नायव निरीक्षक रुद्र कँडेलको कमाण्डमा खटिएको प्रहरी टोलीले यमुनामाई गाउँपालिका–५ झुन्खुनवा चोकबाट एक थान नलकटुवा बन्दुक र सोमा लाग्ने तिन राउण्ड गोलीसहित उनलाई नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता रामकुमार दानीले जानकारी दिए।

आइतवार राति ९ बजे माछा व्यवसाय गर्दै आएका सहनीले झसन्खुन्वास्थित एक होटेलवाट खाजा खाएर घर फर्कदै गर्दा चढेको बीआर ०५ ई २६०१ नम्बरको मोटरसाईकल प्रहरी टोलीले नियन्त्रणमा लिएर चेकजाँच गर्दा मोटरसाइकलको सिटमा लुकाएर राखेको नलकटुवा बन्दुक र गोली बरामद गरी सहनीलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रकृया अगाडी बढाएको प्रहरी प्रवक्ता दानीले बताए ।

यसैगरी विद्युत हुकिँग गरेर चोरी गरेको आरोपमा रौतहट प्रहरीले १४ जनालाई नियन्त्रणमा लिएको छ । जिल्लाको बृन्दाबन नगरपालिका बिश्रामपुर टोलका परिक्षण राय यादब, राज किसोर साह, सुरेन्द्र राय यादब, अजय पासवान, पल्टु मल्लि, राम बालक राउत, श्रीकिसुन यादब, गोलाराम यादब, बिजय कुमार यादब, चमनपुरका ओआजिल मन्सुरी, अबलेश अन्सारी, शेष अमिरुल, महम्मद अबुलेसलाई प्रहरीले नियन्त्रणमा लिएको बताएको छ।

जिल्लामा विद्युत चुहावटमा वृद्धि भएपछि नेपाल बिधुत प्राधिकरण, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त गस्तिटोलिले हुकिँग गर्नेलाई धमाधम नियन्त्रणमामा लिएर कानुनी कारवाही अगाडी बढाएको प्रहरीले जनाएको छ ।


 

प्रकाशित: १९ चैत्र २०७४ ०३:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App