तनहुँको ऐनापहरामा भएको बस दुर्घटनामा २९ जनाको उद्धार गरिएको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार हालसम्म दुर्घटनामा परेकामध्ये २९ जनालाई अस्पताल पठाइएको छ।
प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी मोहन बहादुर खाणका अनुसार हालसम्म २९ जनाको उद्धार गरी अस्पताल पठाइएको छ। जसमा चेत अचेत अवस्थाका यात्रुहरू छन्। उनीहरूमध्ये कसको अवस्था के छ भन्नेबारे हालम्म खुल्न नसकेको पनि उनले बताए।
अहिले सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन तालिम शिक्षालयबाट एसएसपी माधव पौडेलको कमान्डमा ४५ जनाको फौजले उद्धार जारी राखेको छ।
अप्ठ्यारो भिर भएका कारण घाइते र मृतकको उद्दारका लागि डोरीको सहायताले नदी किनारमा पुग्ने प्रयास भइरहेको छ।
प्रकाशित: ७ भाद्र २०८१ १२:४१ शुक्रबार