समाज

एक्काइस प्रहरी अधिकारीको अवकाश तत्काललाई रोकियो, अवकाश नदिन सर्वोच्चको अन्तरिम आदेश

असोज १० गते पूर्ण सुनुवाइ हुने

सर्वोच्च अदालतले ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जान प्रहरी अधिकारीलाई तत्कालका लागि रोक लगाएको छ।  

१६ भदौमा अवकाश हुन लागेका २१ प्रहरी अधिकारीले दिएको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले अवकाश नदिन अन्तरिम आदेश दिएको छ ।  

न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले यो विवादमा विपक्षीसँग लिखित जवाफ माग गर्दै असोज १० गते पूर्ण सुनुवाइका लागि पेश गर्न पनि आदेश दिएको छ ।  

यसअघि बृहत पूर्ण इजलासले दिएको निर्देशनात्मक आदेश पालना भएको नदेखिएको भन्दै इजलासले उनीहरुको हकमा जिम्मेवारी परिवर्तन नगराउन पनि अन्तरिम आदेश गरेको छ ।  

प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठसहितका २१ प्रहरी अधिकारीले आफूहरुलाई ३० वर्षे सेवा अवधिका आधारमा १६ भदौमा अवकाशमा पठाउन खोजिएको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र प्रहरी किताबखानालाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दिएका थिए ।

प्रकाशित: ६ भाद्र २०८१ १९:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App