समाज

नक्कली भुटानी शरणार्थी प्रकरण: बेचन पुर्पक्षका लागि थुनामा

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झा पुर्पक्षका लागि थुनामा जाने भएका छन्। जिल्ला अदालत काठमाडौंमा भएको थुनछेक बहसले झालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

आइतबार न्यायाधीश तीर्थराज केसीको इजलासले उनलाई धरौटीमा रिहा गर्न अस्वीकार गर्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।

यसअघि शुक्रवार झा तर्फका कानुन व्यवसायीले आफ्नो बहस पूरा गरेका थिए । जसअनुसार वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद सापकोटा, महादेव यादव, अधिवक्ता पुरुषोत्तम अर्याल र मणिराम उपाध्यायले झाको तर्फबाट बहस गरेका थिए । 

यस्तै जाहेरवालाको तर्फबाट थप कानुन व्यवसायीले बहस गर्न खोजेपछि न्यायाधीश केसीले इजलासमा मुद्दा हेर्दाहेर्दैमा राखेर आइतबारका लागि पेसी तोकिएको थियो । 

प्रकाशित: २ भाद्र २०८१ १५:२९ आइतबार

#Fake Bhutanese refugee case #bechan jha