समाज

संहिताहरूको कार्यान्वयनका लागि आवश्यक जनशक्तिको व्यवस्थापन गरिदिन प्रधानन्यायाधीश श्रेष्ठको आग्रह

प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले न्यायपालिकालाई संहिताहरूको कार्यान्वयनका लागि आवश्यक साधन स्रोत र जनशक्तिको व्यवस्थापन गरिदिन सरकारलाई आग्रह  गरेका छन् ।

शनिवार मुलुकी संहिता दिवस, २०८१ को अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानन्यायाधीश श्रेष्ठले न्यायपालिका एवं सम्बन्धित निकायहरूलाई संहिताहरूको कार्यान्वयनका लागि आवश्यक पर्ने न्यूनतम जनशक्ति र साधन स्रोतको व्यवस्थापन गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका हुन ।

उनले कानुनी व्यवस्थाहरू आफैँमा कार्यान्वयन नहुने भन्दै त्यसका लागि आवश्यक पूर्वाधार, क्षमता र प्रतिवद्धता आवश्यक हुने बताए । उनले जतिसुकै राम्रो कानुनको निर्माण भए पनि त्यसको प्रभावकारी कार्यान्वयन नभए कानुनको उद्देश्य पूरा हुन नसक्ने बताए ।

उनले संहिताहरूको प्रभावकारी कार्यान्वयनका लागि अदालत एवं सम्बन्धित निकायहरूका जनशक्तिमा अवधारणागत स्पष्टता, क्षमता एवं संहिताहरूको प्रयोगमा एकरूपता आवश्यक रहेको उल्लेख गरे ।

प्रधान न्यायाधीश श्रेष्ठले संहिता कानुनहरूको कार्यान्वयनमा एकरूपता र प्रभावकारिताको लागि आपसी सहयोग र समन्वयलाई थप मजबुत बनाउन नेपाल प्रहरी, महान्यायाधिवक्ताको कार्यालय, नेपाल बार एशोसिएशनलाई आग्रह गरे । 

प्रकाशित: १ भाद्र २०८१ १८:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App