समाज

धार्चेका पहिरोपीडितलाई खाद्यान्न वितरण

धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेफाँटका पहिरोपीडितलाई राहत सामग्री प्रदान गरिएको छ। पहिरोपीडित परिवारलाई लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ९३२५० ले खाद्यान्नलगायत अत्यावश्यक सामग्री प्रदान गरेको हो।

लायन्स क्लब इन्टरनेशनलका अनुसार पहिरोपीडित ५५ परिवारलाई राहत सामग्री वितरण गरिएको हो।

प्रत्येक परिवारलाई चामल, दाल, नुन तेल, लत्ताकपडा प्रदान गरिएको छ। पहिरोमा ज्यान गुमाएकाहरूका र घाइतेका ४० परिवारलाई सिरक, डसना वितरण गरिएको छ।

रेसेफाँटमा यही साउन १३ गते पहिरोमा परी एकै परिवारका तीनजनासहित पाँचजनाको मत्यु भएको थियो।

प्रकाशित: २७ श्रावण २०८१ ०८:०३ आइतबार

#gorakha #Landslide victim #Dharche Villager