समाज

पाँच घण्टापछि अवरुद्ध घोराही–तुलसीपुर सडक सञ्चालनमा

टिपरको ठक्करबाट मृत्यु भएपछि स्थानीयको विरोधका कारण अवरूद्ध घोराही–तुलसीपुर सडकखण्ड पाँच घण्टापछि सञ्चालनमा आएको छ।

टिपर व्यवसायी समिति र मृतकका परिवारबीच क्षतिपूर्ति दिने सहमति भएपछि सवारी आवागमन सुरू भएको दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिए।

शुक्रबार बेलुका घोराहीको सौरीकुला नजिककै टिपरको ठक्करबाट मोटरसाइकल चालक घोराही उपमहानगरपालिका–९ मछाही घर भई घोराही–१५ मा बस्दै आएका ३९ वर्षीय कुलबहादुर बस्नेतको मृत्यु भएको थियो।

टिपर चालकलाई कारबाही र मृतकका परिवारलाई क्षतिपूर्तिको माग गर्दै स्थानीयले आज बिहान ६ बजेदेखि सडकअवरूद्ध गरेका थिए। मृतकका आफन्त र टिपर व्यवसायी समितिबीच छलफलपछि अवरूद्ध सडक खुलाउने सहमति भएको हो।

शुक्रबार बेलुका सवा ८ बजेतिर बस्नेत सवार बा ५८ प ५६०५ नम्बरको मोटरसाइकललाई लु २ ख ५०८५ नम्बरको टिप्परले घोराही १० अम्राई नजिकै ठक्कर दिएको हो। बस्नेतको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा  लिएको छ।  

प्रकाशित: २० श्रावण २०८१ १८:४२ आइतबार

#Ghorahi-Tulsipur road