समाज

पश्चिम नवलपरासीमा भाइसँगै सुतेका दाइको हत्या, भाइ बेखबर

पश्चिम नवलपरासीमा २० वर्षीय युवकको हत्या भएको छ। १६ वर्षीया भाइसँगै सुतेका पाल्हिनन्दन गाउँपालिका ५ हर्दीका २० वर्षीय सूर्यकुमार (रोशनकुमार) बढईको हत्या भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रेशम बोहोराले बताए।

उनको घाँटीमा धारिलो हतियार प्रहार भएको छ। बिहान भाइ बिउँझिएपछि मात्र सूर्यकुमारको हत्याबारे परिवारले थाहा पाएको हो। बिहानै घटनास्थल पुगेको प्रहरीले आवश्यक अनुसन्धान जारी राखेको छ।

सूर्यकुमारको शव पोष्टमार्टमका लागि पृथ्वी चन्द्र अस्पतालमा पठाइएको छ।

प्रकाशित: १४ श्रावण २०८१ १२:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App