समाज

तपाईंकाे आजकाे राशिफल

मेष राशिः यात्रा गर्नु राम्रो होला। राजनीतिमा सामान्य मतान्तर हुन सक्ने हुँदा, टाढै रहनु होला। व्यापारको काम गर्दा विचार पु¥याएर गर्नु होला। पढाइमा सफलता मिल्ने छ। रोजगारीको क्षेत्रमा दिन राम्रो छ।

वृष राशिः स्वदेश भ्रमणको योग छ। कार्य गर्दा होसपूर्वक गर्नुहोला। अध्ययनको कार्यमा प्रवेश गर्नु राम्रो देखिन्छ। व्यापारको क्षेत्रमा आर्थिक लगानी गर्नु ठीक छ। परिवारमा धन आर्जन कम हुने योग देखिन्छ।

मिथुन राशिः रोजगारीको अवसर मिल्ने समय छ। आफ्नो काममा प्रभुत्व जमाउन सफल भइने छ। सामाजिक पद प्रतिष्ठा, सम्मान मिल्ने छ। कानसम्बन्धी सामान्य समस्या देखिन सक्ने छ। वाणी सफल हुने योग छ।

कर्कट राशिः ज्ञान क्षेत्रमा रुचि बढ्ने छ। आँखामा सामान्य रोग देखापर्नेछ। सामाजिक पद प्रतिष्ठा, सम्मान मिल्ने छ। दाजुभाइबीच प्रेम सद्भाव रहनेछ। मधुर भोजन र पारिवारिक संयोगले मन प्रसन्न हुने देखिन्छ।

सिंह राशिः विलासी खानपानमा रुचि नगर्नु वेस हुन्छ। भूमि सम्वन्धी काममा फल प्राप्तिको योग छ। अध्ययनको क्षेत्रमा दिन राम्रो छ। आर्थिक लाभ हुने दिन छ। सामाजिक कार्यमा सम्मान मिल्ने छ।

कन्या राशिः सामान्य चर्म रोग देखापर्न सक्छ। आफ्नो कार्य क्षेत्रमा प्रभुत्व बढाउन सफल भइने छ। अध्ययनमा सफलता मिल्ने योग छ। सामाजिक कार्यमा सफलता मिल्नेछ। धन आर्जन हुने समय छ।

तुला राशिः नयाँ कार्यसिद्धिमा सामान्य बाधा छ। वैदेशिक कार्यमा प्रयास गर्दा सफलता प्राप्त हुने देखिन्छ। जीवनसाथीसँग विचारमा मतान्तर हुनेछ। व्यापार व्यवसाय गर्नेलाई दिन राम्रो छ।

वृश्चिक राशिः कार्यमा अर्थ बाधा हुने दिन छ। परिवारमा सामान्य उदररोग देखापर्न सक्ने छ। व्यापार व्यवसायमा लाभ देखिन्छ। पठन पाठनमा रुचि बढ्ने छ। आफन्तको सहयोग लिएर कार्य गर्नु होला।

धनु राशिः वैदेशिक यात्राको समय देखिन्छ। साथीभाइसँग रमाइलो भेटघाट हुनेछ। पराक्रमका साथ कार्य हुनेछ। व्यापार व्यवसायमा फल प्राप्तिमा बाधा योग छ। पढाइमा कार्यसिद्धि योग छ।

मकर राशिः स्वास्थ्यमा  बिकार आउने देखिन्छ। उन्नति प्रगतिमा बाधा हुने दिन छ। विद्यार्थीका लागि पढाइ मध्यम रहेको छ। व्यापारमा केही बाधा छ । व्यापारमा कम फल प्राप्त हुनेछ।

कुम्भ राशिः प्रेमीप्रेमिकाका लागि राम्रो हुने दिन छ। अध्ययनार्थीलाई ज्ञान आर्जनमा रुचि बढ्ने छ। हल्का उदर रोग देखिन सक्छ। दाम्पत्य जीवनमा उत्साहित हुने दिन छ। धार्मिक विचार बढ्ने देखिन्छ।

मीन राशिः पढाइको क्षेत्रमा थोरै बाधा आउने छ। धन आर्जनको समय भए पनि खर्च पनि हुने योग रहेकाले सचेत रहनु होला। सामान्य नेत्र रोग देखिन सक्छ। विलासी कार्य र यात्रामा विचार पुर्याउनुहोला।

प्रकाशित: १३ श्रावण २०८१ ०६:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App