नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेका बेचन झा पक्राउविरुद्ध सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट परेको छ।
झाका एकाघरका छोरा नाता पर्ने दिवान्शु झाले असार ३० गते सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेको खुलेको हो।
सर्वोच्च अदालतले आइतबार उक्त रिटउपर न्यायाधीश बालकृष्ण ढकालको इजलासमा सुनुवाइ तोकेको थियो। तर, निवेदक झाका कानुन व्यवसायीको अनुरोधमा रिटमाथिको सुनुवाइ स्थगित भएको सर्वोच्च स्रोतले जनाएको छ।
बेचन असार १५ गते पश्चिमी तराई कञ्चनपुरको भारतीय सीमाबाट पक्राउ परेका थिए। त्यसयता उनी जिल्ला प्रहरी परिसर, काठमाडौँको हिरासतमा छन्।
प्रकाशित: ६ श्रावण २०८१ १३:१७ आइतबार