समाज

सिमलताल पहिरो: दुई बस र यात्रु बेपत्ता, वाटर ड्रोन प्रयोग गरी खोजिंदैछ

चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट त्रिशूलीमा खसेका दुईवटा बसको खोजीमा वाटर ड्रोन प्रयोग गरिएको हाे।

शनिबार बिहानबाट सशस्त्र प्रहरी बालका गोताखोर हरुले वाटर ड्रोन र सोनार क्यामेरा प्रयोग गरेर खोज्न थालेका हुन्।

पाइपलाइन इन्फेक्सन मार्फत सोनार क्यामेराको प्रयोग गरेर खोजी कार्य थालिएको सशस्त्र प्रहरी बलका सह–प्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले बताए।

उनले भने,‘वाटर ड्रोनको पनि प्रयोग गरेका छौँ।’बस खोज्न सशस्त्र प्रहरी बलका ९ जना गोताखोर सहितको टिम परिचालन गरिएको छ।

नेपाली सेनाका सहित २८ जना गोताखोर परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ। खोजी कार्यका लागि नेपाली सेना र नेपाल प्रहरी समेत परिचालित छन्।

रगंजबाट काठमाडौतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको डिलक्स र काठमाडौबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको बस भरतपुर महानगरपपालिका–२९ सिमलतालमा शुक्रबार बिहान त्रिशूली नदीमा खसेको थियो।

शुक्रबार साँझसम्म नदीमा खसेको बस र बेपत्ता भएको यात्रुहरूको खोजी गरिएपनि भेटिएको थिएन। खोजीका लागि शुक्रबार चुम्बक र रड प्रयोग गरिएको थियो।

प्रकाशित: २९ असार २०८१ ०९:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App