समाज

वर्षाका कारण महाकाली लोकमार्ग बन्द भएपछि यात्रु अलपत्र

फाइल:तस्बिर

बिहीबारदेखि लगातार परेको वर्षाका कारण महाकाली लोकमार्गको खलङ्गा–गोकुलेश्वर सडकखण्ड अवरुद्ध भएको छ। सडक बन्द भएपछि सयौँ यात्रु बाटोमै अलपत्र परेका छन्। 

खलङ्गा–गोकुलेश्वर सडकखण्डको पनेबाजदेखि ऐरिछानासम्म ठाउँ ठाउँमा पहिरो खसेको छ।पहिराको कारण आइतबार जिल्लाबाट बाहिरिने र जिल्ला भित्रिने यातायातका साधन बाटोमै थन्किएका छन्। 

दार्चुलाबाट महेन्द्रनगर, धनगढी, काठमाडौँलगायतका लागि छुटेका सवारीसाधन बाटोमै रोकिएका छन्। 

लोकमार्गमा छोटो दूरीका सवारीसाधन समेत सञ्चालन हुन नसकेका सडक विभागका सुपरभाइजर राजेन्द्रसिंह धामीले जानकारी दिए। 

आज बिहानैदेखि सडक डिभिजन कार्यालय पाटनले पहिरो पन्छाउने काम गरिरहेको छ। 

लगातारको वर्षाका कारण लोकमार्ग खुलाउन समस्या भएको उनले बताए। दार्चुलामा चार दिनदेखि पानी परिरहेको छ।

प्रकाशित: २३ असार २०८१ ०९:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App