समाज

मधेस प्रदेशमा रहेको चुरे क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गरियोस्: सांसद झा

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले मधेस प्रदेशमा रहेको चुरे क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गर्न माग गरेका छन्।

शुक्रबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद झाले मधेस प्रदेशमा रहेको चुरे क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गर्न माग गरेका हुन।उनले नेपालमा २० वटा संरक्षित क्षेत्र रहे पनि मधेस प्रदेशमा भने पूर्ण रुपमा एउटा पनि संरक्षित क्षेत्र नरहेको बताए।

सांसद झाले नेपालमा पाइने १ हजार ९१८ जीवजन्तुमध्ये १ हजार ३०८ प्रजाति चुरे र तराई क्षेत्रमा नै पाइने उल्लेख गरे। त्यस्तै नेपालमा पाइने संकटापन्न ४९३ प्रजातिमध्ये ३१९ प्रजाति यही क्षेत्रमा पाइने भएकाले चुरे संरक्षित क्षेत्र घोषणा गर्नु आवश्यक रहेको धारणा राखे।उनले चुरे दोहनका कारण पानीको सतह पनि तल झरिरहेको भन्दै चुरे क्षेत्रले भूमिगत जल भण्डारको काम गर्ने भएकाले संरक्षण गर्नुपर्नेमा जोड दिए।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले  चुरे संरक्षणका लागि प्रभावकारी रुपमा बजेट विनियोजनको गर्न सरकारलाई आग्रह पनि गर । 

प्रकाशित: १४ असार २०८१ १४:४८ शुक्रबार

#राष्ट्रिय स्वतन्त्र पार्टी #National Independent Party #MP Manish Jha