समाज

दाङमा नेपाली सेनाका जवानले गरे खुकुरी प्रहार गरि श्रीमतीको हत्या

दाङमा नेपाली सेनाका एक जवानले श्रीमतीको हत्या गरेका छन्। तुलसीपुर उपहानगरपालिका– ६ लुङ्ग्रीमा बस्ने ३६ वर्षीय शालिकराम बुढाथोकीले २७ वर्षीया श्रीमती टीका बुढाथोकीलाई खुकुरी प्रहार गरि हत्या गरेका हुन्।

इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी ठाकुरप्रसाद पोखरेलका अनुसार शालिकराम र टीकाबीच जेठ १४ गते मात्र छोडपत्र भएको थियो।  डिएसपी पोखरेलले भने,  ‘ उनीहरूकाे जेठ १४ गते मात्र छोडपत्र भएकाे भन्ने छ। आफ्ना सामान लिन  शालिकराम आज बिहान ८ः२५ बजेतिर डेरा कोठामा पुगेका थिए। कोठामा पुगेपछि उनीहरूबीच विवाद भएको थियो। विवादपछि घटना भएको हो।,’ 

शालिकरामले त्यहीँ विवादमा श्रीमतीको खुकुरी प्रहार गरि हत्या गरेको डीएसपी पोखरेलले बताए। श्रीमतीको हत्या गरेपछि उनी खुकुरी लिएरै भागिरहेको अवस्थामा उच्च अदालत तुलसीपुरबाट पक्राउ गरेको प्रहरीकाे भनाइ छ।

शालिकराम र टीकाको सात वर्षीय छोरा छन्।  शालिकरामले टीकाको हत्या गरेको प्रहरी सामु स्वीकार गरेका छन् भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  

प्रकाशित: २५ जेष्ठ २०८१ १३:४० शुक्रबार

#dang #tulasipur #murder #DSP Thakur Prasad Pokharel