समाज

६ एसएसपीको सरुवा परिसरमा रजौरे, अपराध अनुसन्धानमा भट्टराई

प्रहरी प्रधान कार्यालयले काठमाडौं परिसरका एसएसपी भूपेन्द्र खत्री र उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सोमेन्द्र सिंह राठौरको सरुवा गरेको छ।

गृहमन्त्रीको दबाब नौ महिना नपुग्दै उनीहरूको सरुवा गरिएको छ। परिसरमा अपराध अनुसन्धान विभागका कार्यरत वसन्त रजौरे र अपराध अनुसन्धान कार्यालयमा सुरक्षा परिषदमा रहेका सानुराम भट्टराईलाई पठाइएको छ। त्यसैगरी कोशी प्रदेश तालिम केन्द्रमा कार्यरत राजन अधिकारीको पनि सरुवा गरिएको छ।

प्रहरी प्रवक्ता डिआइजी भीम ढकालले उनीहरूको सरुवा भएको पुष्टि गरेका छन्। पत्र आइपुगेको छैन, सरुवा भैसकेको छ, डिआइजी ढकालले भने।

प्रकाशित: १४ वैशाख २०८१ १२:४३ शुक्रबार

प्रहरी प्रधान कार्यालय गृहमन्त्रीको दबाब