समाज

म्याद थपका लागि महरालाई अदालत लगियो

नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरालाई म्याद थपका लागि अदालत लगिएको छ।

सुन तस्करी प्रकरणमा पक्राउ परेका महरालाई म्याद थपका लागि  जिल्ला अदालत काठमाडौं पुर्‍याइएको हो।

सुन जाँचबुझ आयोगले उनलाई मुद्दा नै चलाउन सिफारिस गरेसँगै महरालाई प्रहरीले सोमबार लुम्बिनी प्रदेशबाट पक्राउ गरी काठमाडौं ल्याइएको थियो।

प्रकाशित: ५ चैत्र २०८० १६:५३ सोमबार

उपाध्यक्ष कृष्णबहादुर महरा