समाज

नेपाल टेलिकमका प्राविधिक अधिकृतविरुद्ध १ करोड ६१ लाखको भ्रष्टाचार मुद्दा

नेपाल टेलिकमका प्राविधिक अधिकृत (निर्माण तथा मर्मत) निर्मलप्रसाद सिटौलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले सिटौलाविरुद्ध १ करोड ६१ लाख २० हजार रुपैयाँ  बिगो कायम गरी आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

सिटौलाले कानूनी प्रावधान विपरीत एक करोड एकसठ्ठी लाख बीस हजार चार रुपैयाँ तीस पैसा गैरकानूनी व्यापार व्यवसाय गरेको देखिएको अख्तियारले जनाएको छ।

सिटौलाले कार्यालयमा हाजिर गर्नुका साथै छुट्टै हिमडुङ एण्ड थोकर कन्ट्रक्सनमा समेत कार्य गरी व्यापार व्यवसाय गरेको र सूर्यबिनायक-धुलिखेल–सिन्धुलीबर्दिवास रोड प्रोजेक्टमा ठेक्का लिई प्रतिनिधिको रुपमा हस्ताक्षरसमेत गरी भ्रष्टाचार गरेको उजुरी अख्तियारमा परेको थियो। 

प्रकाशित: ४ चैत्र २०८० १८:०५ आइतबार

नेपाल टेलिकमका प्राविधिक अधिकृत अख्तियार दुरुपयोग अनुसन्धान आयोग