समाज

मिटरब्याज पीडित भन्छन्: ‘खानेकुरा सबै भिज्यो, सरकारले नागरिकको व्यवहार गरेन’

फाइल तस्बिर

मिटरब्याजी पीडितहरुले सरकारले आफूहरुलाई देशका नागरिकको व्यवहार नगरेको भन्दै आक्रोश व्यक्त गरेका छन्।

आईतवार काठमाडौं केन्द्रित दोस्रो चरणको आन्दोलनका क्रममा उनीहरुले यस्तो बताएका हुन्। उनीहरुले केही दिन यता काठमाडौं केन्द्रित आन्दोलन जारी राखेका छन्। आईतवार पानीमा भिज्दै आन्दोलनमा होमिएका उनीहरुले आफूहरु पीडित भएपनि सरकारबाट कुनै माग सम्बोधन नभएको बताए। उनीहरुले सरकारले जनतालाई दया माया नदेखाएको उनीहरुको आरोप छ।

उनीहरुले काठमाडौंमा आफूहरुलाई बस्ने ठाउँ नभएको र आजको वर्षाले खानेकुराहरु सबै भिजेकाले के खाने  र कहाँ बस्ने भन्ने चिन्ता भएको बताए। उनीहरुले आन्दोलनका क्रममा अस्वस्थ भइसकेको भन्दै सरकारबाटै आफू हेपिएको बताए। सरकारले आफैँले बनाएको कानून कार्यान्वयन नगरेको आरोप समेत लगाए।

उनीहरुले भने, ‘हामीले खाना पानी केही पनि पाएका छैनौँ। हामी पीडित छौँ सरकार कुरा सुन्नै चाहँदैन। माया नै लाग्दैन, जनताको भन्छ जस्तो छ। बस्ने सबै ठाउँ भिज्यो, चामल भिज्यो, तरकारी भिज्यो कसरी खाना खाने। हाम्रो कपडा सबै भिजेको छ, राति कहाँ सुत्नु। सरकार यति अन्धो भयो की हामी जनता हौँ भन्ने पनि सोचेन। हामी अस्वस्थ भइसक्यौँ, रोगी छौँ। सरकारले हामीलाई हेरेन। कानूनको कार्यान्वयन गर्दैन। काँग्रेस, एमाले, सिके राउतका नेता सबै नेताहरु आए तर काम कसैले गरेनन्। कामका लागि आएका भए एकै दिनमा काम गरिदिन्थे।’

मिटरब्याज पीडितहरुले गत माग १६ गतेबाट मिटरब्याज विरुद्धको न्याय मार्च झापाको काँकडभिट्टाबाट निकालेका थिए। अझै आफूहरुको माग सम्बोधन गर्न सरकार गम्भिर नभएको भन्दै संघर्ष समितिका प्रवक्ता नविनले आक्रोश व्यक्त गरे।  

प्रकाशित: २० फाल्गुन २०८० १८:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App