समाज

गाेरखामा माइक्रो बस दुर्घटना हुँदा एककाे मृत्यु

गोरखा – गोरखाको बिरेन चाेकमामा माइक्रो बस दुर्घटना हुँदा एकको घटना स्थलमा नै मृत्यु भएको छ। भने १५ भन्दा बढी घाइते भएका छन्।

गोरखाबाट आबुखैरेनी जाँदै गरेको ३ ख ४६५८ नम्बरको माइक्रो बस ब्रेक फेल भएका कारण दुर्घटनाग्रस्त हुन पुगेको हो। दुर्घटनामा आबुखैरेनीस्थित मनकामना बहिरा आवसीय माध्यामिक विद्यालयमा पढ्ने श्रद्धा गौलीको मृत्यु भएको हाे।घाइतेहरूको गोरखा अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।

 

 

प्रकाशित: २३ फाल्गुन २०७४ ०४:४३ बुधबार

गाेरखामा माइक्रो बस दुर्घटना हुँदा एककाे मृत्यु