समाज

गुडिरहेको बस नयाँ बानेश्वर चोकमा भासियो, यात्रु सकुशल

काठमाडौँको नयाँ बानेश्वर चोकको सडकमा गुडिरहेको बस भासिएको छ। सर्भिस लेनतर्फको सडक भासिएर चक्का फस्दा बस कोल्टे परेको प्रहरीले जनाएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले  सडकमुनि खाल्डो वा ढल भएकाले पछाडिको एउटा चक्का भासिएको जानकारी दिए। यात्रुहरू सकुशल रहेको उनले बताए। 

रत्नपार्कतर्फ जाँदै गरेको बा ३ ख ३७६२ नम्बरको बस गुडिरहेको बेला भासिएको हो। बस भासिए लगत्तै यात्रुहरू बाहिर निस्किएका थिए।  

प्रकाशित: १२ माघ २०८० ०७:१८ शुक्रबार

बस नयाँ बानेश्वर चोकमा भासियो नयाँ बानेश्वर चोक