समाज

अख्तियारको अधिकृत र मन्त्रीको पिए भन्दै ठगी

काठमाडौं – महानगरीय प्रहरी अपराध महाशाखाको प्रहरी टोलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अधिकृत तथा विभिन्न मन्त्रीको पिए रहेको भन्दै ठगी गर्ने छविलाल चौधरीलाई पक्राउ गरेको छ। 

दाङ तुल्सीपुरका चौधरीसँगै दाङकै सुभद्रा कर्माचार्यलाई पनि बुधबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।  उनीहरूले रोल्पा त्रिवेणीका भरत डाँगीलगायत सातजनालाई अमेरिका पठाइदिने भन्दै २६ लाख रुपैयाँ लिएको प्रहरीले जनाएको छ । प्रतिव्यक्ति २५ लाख रुपैयाँ लाग्ने भन्दै चौधरीले पीडितलाई इन्टरनेसनल इन्स्टिच्युट अफ इन्फिनिटिज्मको निमन्त्रणा चिठीलगायतका कागजपत्रसमेत प्रिन्ट गरेर दिएका थिए। 
अमेरिका पठाउने प्रलोभनमा पारी पैसा लिएको र अमेरिका पठाउने भन्दै झुट बोलेर सम्पर्कविहीन बनेका उनीहरूलाई  पीडितको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।  

पक्राउ परेकाहरूबाट पासपोर्टसहित विभिन्न महत्त्वपूर्ण कागज तथा बैंक चेक बरामद गरेको प्रहरीले जनाएको छ।  

प्रकाशित: २० फाल्गुन २०७४ ०२:१० आइतबार

अख्तियारको अधिकृत मन्त्रीको पिए भन्दै ठगी