उर्लाबारी- होली पर्वको अवसरमा सञ्चार क्लब नेपाल, उर्लाबारीले आज स्थानीय नमूना बालगृहमा होली मिलन कार्यक्रम गरेको छ।
क्लबमा आवद्ध पत्रकारहरुले गृृहमा आश्रित अनाथ बालबालिकासँग होली मनाएका हुन् । क्लबले गृहमा आश्रित ४३ जना अनाथ बालबालिकासँग होली खेल्दै उनीहरुलाई मिष्ठान्न भोजनसमेत खुवाएका थिए ।साे अवसरमा मोरङ क्षेत्र नंं १ क का प्रदेशसभा सदस्य कुशल साम्बाले वाम गठबन्धनको वर्तमान सरकारले मुलुकको समृद्धि अभियानमा लाग्ने बताए।रासस
प्रकाशित: १८ फाल्गुन २०७४ ०७:३३ शुक्रबार