समाज

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

तनहुँ – मोटरसाइकल दुर्घटनामा परी सोमबार तनहुँमा एक व्यक्तिको मृत्यु भएको छ।

पृथ्वी राजमार्गअन्तर्गत दमौलीदेखि पोखरा जाँदै गरेको ना ५ ख ४६०२ नम्वरको मिनीवसले विपरित दिशावाट आएको वा ५३ प ९४८३ नम्वरको मोटरसाइकललाई  ठक्कर दिँदा चालक गम्भीर घाइते भएका थिए। घाइते मोरङ विराटनगर महानगरपालिका २१ बस्ने ४६ वर्षीय श्याम कुमार शाहको रत्नहरी अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

उनको शव दमौली अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।  

 

प्रकाशित: १४ फाल्गुन २०७४ १०:२९ सोमबार

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु