समाज

जन्तीको ट्याक्टर दुर्घटना, एकको मृत्यु

रौतहट – जन्तीको ट्याक्टर दुर्घटना हुँदा रौतहटमा एकजनाको मृत्यु भएको छ। 

रौतहटको गढीमाई नगरपालिका १ हरैयाबाट राजदेवी नगरपालिका ४ मुडबलवातर्फ फर्किने क्रममा जन्तीको ना ३ त ३६४६ नम्बरको ट्याक्टर अनियन्त्रित भई महेन्द्र राजमार्गको झुनखुनवा नजिक पल्टििँदा राजदेवी नगरपालिका ४ का २२ वर्षका दिलोज कुमार यादवको च्यापिएर घटनास्थलमै मृत्यु भएको हो। 

अत्यधिक गतिका कारण टेक्टर दुर्घटना भएको र फरार चालक बिगनेश यादवको खोजी कार्य जारी रहेको जिल्ला ट्राफिक प्रहरी नायब निरीक्षक जगदीश सिंहले बताएका छन्।  

प्रकाशित: १३ फाल्गुन २०७४ १३:४६ आइतबार

जन्तीको ट्याक्टर दुर्घटना एकको मृत्यु