समाज

मन्दिरमा सन्यासीबीच झडप, एकको मृत्यु

झडपमा मारिएका सन्यासी चन्द्र गिरी र चिर्पट प्रहार गर्ने नारायण चौधरी । तस्बिर : नागरिक

कञ्चनपुर – कञ्चनपुरमा दुई सन्यासी (जोगी)बीच झडप हुँदा एकको मृत्यु भएको छ। जिल्लाको कृष्णपुर नगरपालिका ४ स्थित गुलरियाको प्रसिद्ध वनदेवी मन्दिरमा शुक्रबार साँझ आपसी विवादमा एकले अर्को सन्यासीको हत्या गरेको इलाका प्रहरी कार्यालय गुलरियाले जनाएको छ।

प्रहरीका अनुसार मन्दिरमा सन्यासी बस्दै आएका ३२ वर्षीय नारायण चौधरीले ४५ वर्षी चन्द्र गिरीको चिर्पट प्रहार गरी हत्या गरेका हुन्। त्यहाँ रहेका अन्य सन्यासीहरु आरती गर्न व्यस्त रहेको समयमा साँझ ती दुईबीच आगो तापिरहेका बेला सामान्य विषयमा विवाद भई झडप भएको थियो।

घटनापछि फरार सन्यासी चौधरीलाई प्रहरीले कैलालीको अत्तरिया बजारबाट शनिबार बिहान पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी नायव निरीक्षक मणि भट्टका अनुसार गिरीको हत्यापश्चात चौधरी नजिकैको लालझाडी बन हुँदै फरार भएका थिए। प्रहरीले उनको खोजीका लागि व्यापक प्रहरी परिचालन गरेको थियो।

चौधरीलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २७ माघ २०७४ १०:२१ शनिबार

मन्दिरमा सन्यासीबीच झडप एकको मृत्यु