समाज

बँदेल आक्रमणका घाइतेको प्रादेशिक अस्पतालमा उपचार हुँदै

बँदेलको आक्रमणमा परी मेलौली नगरपालिका–२ का करिब ३५ वर्षीय रामबहादुर चन्द घाइते भएका छन्। बुधबार साँझ गाउँमा पसेको बँदेलको बथानले आक्रमण गर्दा घाइते भएको स्थानीयले जानकारी दिए।

चन्दको खुट्टामा गहिरो घाउ छ भने शरीरका अन्य भागमा समेत चोट लागेको छ। घाइते चन्दको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि डडेल्धुरा अस्पताल पठाइएको पाटन प्राथमिक स्वास्थ्य केन्द्रका जनस्वास्थ्य निरीक्षक प्रेमसागर भट्टले जानकारी दिए।

घाइते चन्दको डडेल्धुरामा पनि उपचार हुन नसकेपछि कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको मेलौली नगरपालिका–२ का वडाध्यक्ष कृष्णदत्त भट्टले बताए।

प्रकाशित: १२ पुस २०८० ०७:५५ बिहीबार

बँदेल आक्रमण बँदेलको आक्रमण मेलौली नगरपालिका रामबहादुर चन्द घाइते बँदेलको बथान बँदेलको बथान