समाज

सुत्केरी आमा र बच्चाको मृत्यु

रुकुम – रुकुम पश्चिममा सुत्केरी हुन अस्पताल आएकी आमा र बच्चाको मृत्यु भएको छ। 

चौरजहारी नगरपालिका–१२ की २८ वर्षीया सुशीला विष्ट र उहाँको बच्चाको चौरजहारी अस्पतालमा मृत्यु भएको हो। 

घरमा अत्यधिक रक्तस्राव भएपछि विष्टलाई आफन्तले विहीबार अस्पताल पु¥याएका थिए । पाँचौँ पटक गर्भवती भएकी उनको बच्चाले गर्भमा नै दिशा गरेपछि विहीबार राति मृत्यु भएको चौरजहारी अस्पतालका डा सुमन राईले जानकारी दिए। 

विष्टको शरीरमा रगतको अभाव रहेको र बान्ता गरिरहेका कारण उपचारमा समस्या आएको डा राईले बताए । शल्यक्रियाको तयारी गरिरहेकै बेला विष्टको मृत्यु भएको डा राईको भनाइ छ।  (रासस)

प्रकाशित: १९ माघ २०७४ १०:५० शुक्रबार

सुत्केरी आमा बच्चाको मृत्यु