समाज

चिसोले विद्यालय बन्द

संखुवासभा – संखुवासभाको उत्तरी क्षेत्रमा चिसो बढेपछि विद्यालय बन्द गरिएको छ। जिल्लाको उच्च हिमाली क्षेत्रमा पर्ने भोटखोला गाउँपालिकाका विद्यालय बन्द भएका हुन्।

अत्यधिक चिसो बढेकाले विद्यार्थीहरु विद्यालय आउन छाडेकाले एक महिनाको लागि विद्यालय बन्द गरिएको अरुणोदय मावि लिङ्गमका शिक्षक फूर्वा भोटेले बताए। ‘घर भित्रबाट बाहिर निस्कन गाह्रो छ, घरको छाना र आँगन भरी हिउँ झर्न थालेको छ, विद्यार्थी आउन समस्या त भएको छ ।’

शिक्षकहरुलाई समेत पढाउन मुस्किल भएको शिक्षक भोटेले बताए। जिल्ला शिक्षा कार्यालयले विदा गर्ने अनुमति दिने गरेको छैन। त्यसैले विद्यालयहरुले स्थानीय विदा कटाउने गरि माघ १ देखि मसान्त सम्मको लागि एक महिना विद्यालय बन्द गरिएको शिक्षक भोटेले बताए।

विद्यालयहरुले वर्षमा ४५ दिन विदा पाउछन। वर्खे विदा कम गरेर सोही विदालाई हिउँदमा चिसोको समयमा विदा दिने गरेको उनीहरु बताउँछन। यसो गर्दा विद्यार्थीहरुलाई मर्का नपर्ने भएकाले बर्खे विदा कम गर्ने गरिएको थियो।

प्रकाशित: १२ माघ २०७४ १४:०० शुक्रबार

चिसोले विद्यालय