समाज

ट्र्याक्टरको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

उर्लाबारी – मोरङमा ट्र्याक्टरको ठक्करबाट तीन वर्षीया बालकको मृत्यु भएको छ। 
ट्र्याक्टरको ठक्करबाट सुन्दरहरैंचा–६ स्थित भित्री सडकखण्डमा टेकबहादुर राईका तीन वर्षीय छोरा क्षितिजको मृत्यु भएको हो। 

बिहान घर नजिकै खेल्ने क्रममा पूर्वबाट पश्चितर्फ जाँदै गरेको को२त ६००६ नंको ट्रयाक्टरले ठक्कर दिँदा  उनको मृत्यु भएको हो।  

ट्रयाक्टरलाई नियन्त्रणमा लिइए पनि चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामजी कटवालले जानकारी दिए। रासस

प्रकाशित: २ माघ २०७४ ०९:४६ मंगलबार

ट्र्याक्टरको ठक्करबाट वर्षीय बालकको मृत्यु