समाज

दमौली अस्पतालमा निमोनियाका बिरामी बढे

दमौली – एकसाता यतादेखि तनहुँमा अत्यधिक चिसो बढेसँगै दमौली अस्पतालमा बिरामीको संख्या बढेको छ। 

दैनिक २०० भन्दा बढी बिरामी उपचारका लागि आउने गरेको सो अस्पतालले जनाएको छ। रुघाखोकी, ज्वरो, निमोनिया, बाथलगायतका बिरामीको संख्या बढेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा पवनजंग रायमाझीले बताए। व्यास नगरपालिका र छिमेकी गाउँपालिकाबाट बिरामी उपचारका लागि आउने गरेका छन्, उनले भने। 

यसअघि छिटफुट रुपमा बिरामी आउँथे। चिसो बढेसँगै बिरामीको संख्या बढेको अस्पतालका चिकित्सकले बताए। बिरामीलाई उमालेको पानी खान, झोल पदार्थ बढी खान, न्यानो भएर बस्न सल्लाह दिने गरेको प्रमुख रायमाझीले बताए। ५० प्रतिशत बिरामी त बीमा गरेका व्यक्ति उपचार गराउन आउने गरेको अस्पतालले जनाएको छ। 

प्रकाशित: २६ पुस २०७४ ०५:२८ बुधबार

दमौली अस्पतालमा निमोनियाका बिरामी बढे