समाज

चिसोबाट सप्तरीमा एकको मृत्यु

राजविराज – पछिल्लो केही समयदेखि तराईमा बढेको शीतलहरका कारण सप्तरीमा एक व्यक्तिको आइतबार मृत्यु भएको छ।

मृत्यु हुनेमा कञ्चनरुप नगरपालिका–२ बरमझियाका ५५ वर्षीय बेचन शेख रहेको प्रहरीले जनाएको छ। शेखको गहुँको खेतमा सिँचाइ गर्ने क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कंचपुरले जनाएको छ।

शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा लगिएको छ।

प्रकाशित: २३ पुस २०७४ १६:११ आइतबार

चिसोबाट सप्तरीमा एकको मृत्यु