समाज

तनहुँमा चार मिटर लम्बाइको अजिङ्गर फेला

तनहुँको व्यास नगरपालिका–१४ स्थित रुम्सीमा आज अजिङ्गर फेला परेको छ।स्थानीयवासीले करिब चार मिटर लम्बाइ भएको अजिङ्गर फेला पारेका हुन्।

स्थानीयले उक्त अजिङ्गर डिभिजन वन कार्यालय तनहुँमा बुझाएका छन् । डिभिजन वन कार्यालय तनहुँका सहायक वन अधिकृत काशीराज पण्डितले अजिङ्गरलाई वन कार्यालयमा सुरक्षितरुपमा राखिएको जानकारी दिए । घाइते अवस्थामा रहेको अजिङ्गरलाई सुरक्षित स्थानमा छाडिने उनले बताउनुभयो । उनले भने, ‘अजिङ्गरको ढाडमा चोट छ । केही दिनमा उक्त अजिङ्गरलाई सुरक्षित स्थानमा छाड्छौँ।’

प्रकाशित: १२ मंसिर २०८० १५:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App