समाज

गैरआवासीय राजदूतमा लम्साल नियुक्त

काठमाडौँ –  राष्ट्रपति विद्यादेवी भण्डारीले डेनमार्कका लागि नेपालका आवासीय राजदूत युवनाथ लम्साललाई फिनल्याण्ड, लिथुआनिया र स्विडेनका लागि पनि गैरआवासीय नेपाली राजदूतमा नियुक्त गरेकी छिन्। 

नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा उनलाई उक्त पदमा आज राष्ट्रपतिले नियुक्त गरेकी हुन्। 

प्रकाशित: १३ पुस २०७४ ११:२२ बिहीबार

गैरआवासीय राजदूतमा लम्साल