समाज

जनकपुर जयनगर रेलले किचेर एक भारतीय नागरिकको मृत्यु

जनकपुर जयनगर रेलले किचेर एक भारतीय नागरिकको मृत्यु भएको छ। जनकपुरबाट जयनगर जादै गरेको रेलले किचेर भारतको जयनगर बस्ने ९० वर्षीय विन्देश्वर दासको मृत्यु भएको हो।

आज बिहान् ९ बजे धनुषाको बिदेह नगरपालिका-२ बिमलीपुलस्थित रेल्वे लिकमा किचिएर दासको मृत्यु भएको रेल्वे सुरक्षा वेशका सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) खड्क बहादुर शाहीले जानकारी दिए।

मृतकको शव अहिले घटनास्थलमै छ। प्रहरीले मुचुल्का बनाएर शव पोस्टमार्टमका लागि जनकपुरधाम ल्याउने तयारी गरेको छ।

प्रकाशित: २८ कार्तिक २०८० ०६:३५ मंगलबार

जनकपुर जयनगर रेल