समाज

रोजगारमा पठाइदिने प्रलाेभन देखाएर २७ लाख ठगी गर्ने पक्राउ

काठमाडाैं – वैदेशिक रोजगारमा पठाइदिने प्रलाेभन देखाएर ठगी गरेर फरार भएका लम्जुङ तान्द्रङटाक्सार–३ का ४४ वर्षीय हरि बहादुर पाण्डेलार्इ पक्राउ गरिएकाे छ । साेमबार महाराजगंजस्थित केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटाइएका प्रहरी टाेलीले बाँसबारीबाट उनलार्इ पक्राउ गरेर काठमाडाैं जिल्ला अदालतमा पेश गरेका थियाे ।

अदालतको आदेशअनुसार कैद भुक्तानको लागि उनलार्इ कारागार कार्यालय डिल्लीबजारमा पठाइएको थियाे । उनी वैदेशिक रोजगार न्यायाधिकरणको २०७२ कात्तिक ३० गतेको फैसलाले २ वर्ष  कैद र २ लाख रुपैयाँ जरीवाना भई फरार थिए ।प्रतिवादी  हरि बहादुर पाण्डे समेतले वेल्कम इन्टरनेशनल एजुकेशन फाउण्डेसन प्रा.लि नामको  कम्पनी खोली वैदेशिक रोजगारीमा पठाउने ईजाजत पत्र नलिई, पीडितहरुलाई वैदेशिक रोजगारीको लागि पपुवा न्यूगिनी पठाई दिने भन्दै २७ लाख ४५ हजार रुपैयाँ ठगी गरेर रक फिर्ता नगरी फरार थिए ।

 

प्रकाशित: ४ पुस २०७४ ०६:३८ मंगलबार

रोजगारमा पठाइदिने प्रलाेभन देखाएर २७ ठगी गर्ने पक्राउ