समाज

ट्याक्टर दुर्घटनामा एकको मृत्यु

सोलुखुम्बु – सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। 

आज बिहान सल्लेरीबाट तामाखानीतर्फ जाँदै गरेको ना २ त ६१६८ नम्बरको ट्याक्टर सडकबाट करिब ५० मिटर तल खस्दा ट्याक्टर चालक प्यूठान घर भएका दीपक धामीको घटनास्थलमै ज्यान गएको ट्राफिक प्रहरी सोलुखुम्बुका इञ्चार्ज धितलाल गौतमले जानकारी दिए। 

ट्याक्टरमा रहेका सहचालकले भने हामफालेर ज्यान जोगाएको जनाइएको छ। 

प्रकाशित: २२ मंसिर २०७४ ०६:४० शुक्रबार

ट्याक्टर दुर्घटनामा एकको मृत्यु