समाज

१०२ वर्षीय वृद्धबाट मतदान

पोखरा– कास्कीको मादी गाउँपालिका–८ ध्रुव माध्यमिक विद्यालयको मतदान केन्द्रबाट १०२ वर्षीय वृद्ध वामदेव सापकोटाले मतदान गरेका छन्। 

त्यस्तै पोखरा–१७ महतगौडाको जानकी आधारभूत विद्यालयबाट ८९ वर्षीय चन्द्रकान्त भण्डारीले मतदान गरेका छन्। 

कास्कीका ३१७ वटै मतदान केन्द्रमा शान्तिपूर्ण तवरले मतदान भइरहेको क्षेत्रीय निर्वाचन अधिकृत गंगालाल सुवेदीले जानकारी दिए। 

प्रकाशित: २१ मंसिर २०७४ ०७:१० बिहीबार

१०२ वर्षीय वृद्धबाट मतदान