समाज

अंशवण्डाको विवादले बुबाको हत्या

बारा- अंशवण्डाको विवादमा आफ्नै छोराले कुटपिट गर्दा बावुको मृत्यु भएको छ। जीतपुरसिमरा उप–महानगरपालिकाको वडा नम्बर २० स्थित रेडक्रस टोलमा घर भएका हिरालाल महतोको छोराको कुटाईबाट मृत्यू जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

बाराका प्रहरी नायब उपरीक्षक भुनेश्वर प्रसाद साहले जग्गामा अंशवण्डा गर्न विषयमा विवाद भएपछि छोरा सुनिल महतोले प्रहार गरेको लठीले उनको बुबा हिरालाल महतोको मृत्यू भएको बताएका छन्।

लठीले चोट लागेपछि मृतक महतोलाई उपचारको लागि गण्डक स्थित हेल्थ केयर हस्पिटल विरगंज पुर्‍याउँदा हस्पिटलका डाक्टरहरुले उनलाई मृतक घोषित गरेको साहले बताए।

बुबाको हत्या पछि छोराहरु सुशील महतो र सुनिल महतोलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान शुरु गरिएको नायब उपरीक्षक साहले बताए।

प्रकाशित: १४ कार्तिक २०७४ १४:३६ मंगलबार

अंशवण्डाको विवादले बुबाको हत्या