समाज

सोलुको खुम्बु क्षेत्रमा हिमपात

सोलुखुम्बु- वर्षा भएसँगै हिमाली जिल्ला सोलुखुम्बुमा ह्वात्तै चिसो बढेको छ। हिउँदको समय सुरु भएसंगै सिम सिम बर्षा समेत भए पछि बढी चिसोको महसुस भएको सर्बसाधरणहरुले बताएका छन्। जिल्लाको सदरमुकाम सल्लेरी आसपासको क्षेत्रमा बढी ठण्डी महसुस भएको हो भने जिल्लाको माथिल्लो क्षेत्र खुम्बुमा हिमपात भएको छ। दुई दिनदेखिको बाक्लो कुहिरोले चिसो बढेको खुम्बु क्षेत्रमा आजबाट हिमपात सुरु भएको हो । हिमपात सँगै खुम्बु क्षेत्रमा पानी पनि परिरहेको लुक्लाका स्थानीय तोया श्रेष्ठले जानकारी दिए।  चिसो बढेपछि खुम्बु क्षेत्र सहित सल्लेरी तथा आसपासका क्षेत्रका स्थानीयहरुले नियमित काम समेत प्रभावित बनेको छ।

मौसम नखुल्नुका साथै चिसो बढे पछि हिउँ पर्न थालेको स्थानीयले बताएका छन्। हिमपातले नाम्चेको माथिल्लो भेग, खुम्जुङ लगायतका माथिल्लो क्षेत्र सेताम्मे बनेको तोया श्रेष्ठले जानकरी दिए । चिसोका कारण जिल्लाको तल्लो क्षेत्रका सर्बसाधरणको दैनिकिमा समेत फेरबदल भएको स्थानीइ फुनुरु शेर्पाले बताए । केही दिनयता बढेको चिसोले सोलुखुम्बुको जनजीवन कष्टकर बनेको हो । बिहानीपख पानी जम्न थालेको छ भने तुसारो पनि पर्न थालेको छ । जाडोले गर्दा स्थानीयहरुलाई बाहिर काममा निश्कन समेत मुस्कील पर्ने गरेको छ । खेतबारीको काम छाडेर सर्वसाधारण घरभित्रै बस्न थालेका छन् । चिसोले बढि बृद्धबृद्धा र बालबालीका प्रभावित बनेका छन् । चिसोले बृद्धबृद्धा र बालबालीकामा रुघा, खोकी, निमौनिया जस्ता समस्या देखिने सम्भावना बढेको छ। 

 

प्रकाशित: ११ कार्तिक २०७४ १२:५८ शनिबार

सोलुको खुम्बु क्षेत्रमा हिमपात