समाज

नेपाली कामदार चढेको बस मलेसियामा दुर्घटना, ८ जनाको मृत्यु

पेनाङ- मलेसियाको पेनाङमा नेपाली कामदार चढेको बस दुर्घटना भएको छ। दुर्घटनामा परी कम्तीमा ८ जनाको ज्यान गएको छ भने ३३ जनाभन्दा बढी कामदार घाइते भएका छन्।

बसमा नेपाली र इन्डोनेसियाली कामदारहरु रहेको मेलसियाको न्युजपोर्टल स्ट्रेट्स टाइम्सले जनाएको छ। मर्नेहरु सबै महिला भएपनि कसैको सनाखत भइनसकेको मलेसिया प्रहरीलाई उद्धृत गर्दै स्ट्रेट्स टाइम्सले उल्लेख गरेको छ।

प्रत्यक्षदर्शीका अनुसार दुई वटा बस एकआपसमा ठोक्किएका थिए। एउटा बसमा नेपाली कामदार र अर्को बसमा इन्डोनेसियन कामदार रहेको बताइएको छ। नेपाली कामदारहरु सोनी कम्पनीमा कार्यरत रहेको समाचारमा उल्लेख छ।

प्रकाशित: ७ कार्तिक २०७४ ०६:१३ मंगलबार

नेपाली कामदार चढेको बस मलेसियामा दुर्घटना जनाको मृत्यु